FAQs Complain Problems

मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावना सम्बन्धी उच्च सतर्कता सूचना

नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनाअनुसार मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म कर्णाली प्रदेशलगायत देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

यस अवधिमा बाढी, पहिरो, गेग्रान बहाव, सडक अवरुद्ध हुने तथा खोला–नदीको जलसतह बढ्न सक्ने भएकाले जगदुल्ला गाउँपालिकावासी सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ। विशेषगरी नदी तथा खोलानाला किनार, पहिरोको जोखिम भएका क्षेत्र र यसअघि बाढीले क्षति पुर्‍याएका गैरिगाउँ, हुरिकोट, काइगाउँ तथा काँटछाँयुका बासिन्दाले सुरक्षित स्थानमा रहनुहोला।

अत्यावश्यक कामबाहेक भारी वर्षाको समयमा यात्रा नगर्न, बाढी आएको सडक तथा पुल पार नगर्न, घर वरपरका नाली र पानी निकास सफा राख्न तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिको विशेष ख्याल गर्न अनुरोध छ।

विपद्को जोखिम देखिएमा तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायलाई जानकारी गराउनुहोस्। मौसमसम्बन्धी आधिकारिक सूचना मात्र पालना गर्नुहोस् र सामाजिक सञ्जालमा आउने अपुष्ट तथा भ्रामक सूचनाबाट सचेत रहनुहोस्।

आपत्कालीन सम्पर्क:
बाढीसम्बन्धी पूर्वसूचना: ११५५
राष्ट्रिय विपद् प्राधिकरण: ११४५
विपद् सहायता: ११३४
नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल: १११४

आर्थिक वर्ष:

//